पैसामा बिकेकी महिला, ‘गोल्ड डिगर’ भन्नेलाई सुस्मिताले के भनिन् ?

266 shares

काठमाडौँ । केहि दिन यता बलिउड अभिनेत्री सुस्मिता सेन चर्चामा छिन् । कलाकारहरु चर्चामा रहनु स्वभाविकनै हो । तर, सेन व्यवसायी ललित मोदिसँगको सम्बन्धको कारण चर्चामा आएकि हुन् ।

मोदीले सेनसँगको सम्बन्धबारे ट्विटरमा लेखेपछि दुवैको चर्चा चुलिएको हो । उनले लेखेका थिए मेरो अर्धाङ्गिनी साथमा सुस्मितासँगको फोटो शेयर गरेका थिए ।

कोहि मान्छे प्रेममा रहनु नौलो कुरा हैन । अझ सार्वजनिक जीवन विताइरहेका मान्छेको सानो सानो कुरामा समाचार बन्नु स्वभाविक नै हो । त्यसमा पनि आइपिएलका संस्थापक मोदी र मिस युनिभर्स र बलिउड अभिनेत्री सेनको सम्बन्धबारे त समाचार बन्ने नै भयो ।

मोदीको उक्त खुलासापछि सेनलाई फ्यान्सहरुले नकरात्मक टिप्पनी धेरै गरेका छन् । उनलाई गोल्ड डिगर सम्म भन्न भ्याएका छन् । मोदी सँग पैसा भएकै कारण सेनले सम्बन्ध राखेको धेरैको प्रतिक्रिया छ ।

बगंलादेशी लेखिका तसलिमा नसरिनले त सेन पैसामा बिकेकी हुन् भन्दै प्रश्न गरेकि छिन् । मोदी जस्तो आकर्षण नभएको व्यक्तिसँग सेनले सम्बन्ध राखेकोमा आश्चर्यमा परेको बताएकि छन् ।

केहि दिन अगाडिसम्म धेरैको मनपर्ने हिरोइन, रातारात गोल्ड डिगर भइन् । बलिउडमा अभिनय र सौन्दर्यको माध्ययमबाट राज गरेकि सेन चरित्रहिन भइन् ।

यो सबै हेरिरहेकि उनले जवाफ फर्काएकी छिन् । उनले भनेकि छिन् “हामी वरपरको संसार कति दयालाग्दो र दु:खी बन्दै गइरहेको छ, यो हृदयविदारक छ। मैले कहिल्यै नभेटेका र नचिनेका साथीहरू सबैले आफ्ना मेरो जीवनको गहिरो ज्ञान र चरित्रबारे महान् विचारहरू साझा गरिरहेका छन् । त्यसलाई कमाउने धन्दा बनाउँदै मलाई ‘गोल्ड डिगर’ भन्दै आहा ! यी प्रतिभाशालीहरू !!!
“म सुनभन्दा पनि बहुमूल्य कुरा खोज्छु र म सधैँ (चर्चित रूपमा) हीरा नै खोज्छु र हो, अहिले पनि म आफैँ त्यो किन्छु ।

266 shares