पशुपति चौलागाई स्मृति अस्पतालमा शल्यक्रिया सेवा बन्द
वि.सं.२०७९ साउन ३ मंगलवार ०७:४४
623
shares
दोलखा । पशुपति चौलागाई स्मृति अस्पताल चरिकोटमा शल्यक्रिया सेवा बन्द भएको छ । कर्मचारीको करार अवधि नविकरण नभएपछि सेवा बन्द भएको हो ।
७२ जना कर्मचारी रहेको अस्पतालमा ६२ जना करारका कर्मचारी रहेका छन् । करारमा रहेका कर्मचारीको करार अवधि नविकरण नगर्न बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले पत्रचार गरेको थियो । बाँकी रहेका मध्ये २ जना अध्ययन विदामा रहेका छन् ।
अस्पतालले सम्पुर्ण सेवा निशुल्क दिइरहेको छ । तत्काल विशेषज्ञ सहित चिकित्सकहरुको व्यवस्था नभए अस्पताल बन्द हुने जनाइएको छ ।
वि.सं.२०७९ साउन ३ मंगलवार ०७:४४
623
shares