सपना र समस्या बिचको पुल देखाउने ‘प्रकाश’

259 shares

काठमाडौँ । चलचित्र प्रकाशको ट्रेलर रिलिज भएको छ । फिल्मको निर्माण टिमले मंगलबार एक कार्यक्रमको माझमा ट्रेलर रिलिज गरेको हो ।

प्रदिप खड्रकालाई हिरोबाट कलाकार बनाउन लागेको चलचित्रको रुपमा हेरिएको फिल्मको दर्शकहरुलाई ब्यग्र प्रतिक्षा रहेको छ । प्राय लभर व्याईको भुमिकामा देखिएका प्रदिप यो पटक सुदुरपश्चिमको एक आम युवाको भुमिकामा देखिएका छन् ।

फिल्ममा एक युवकले आफ्नो बुबाको इच्छा पुरा गर्न शिक्षक पेशामा भविष्य खोजिरहेको देखाइएको छ । भविष्यको खोजिमा आउने समस्याहरुलाई कथावस्तु बनाइएको छ ।

दिनेश राउतको निर्देशनमा बनेको फिल्मलाई बिकास सुवेदिले लेखेका हुन् । फिल्ममा प्रदिपका अलवा दिया मास्के, प्रकाश घिमिरे लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

फिल्म भदौ १० गतेदेखि देशभर प्रदर्शनमा आउनेछ ।

259 shares