गौरीशंकर गाउँपालिका : थन्किए एम्बुलेन्स, बिरामि पर्दा पाइदैन

833 shares
ishwor movie

दोलखा । गौरीशंकर गाउँपालिकामा दुई ओटा एम्बुलेन्स सञ्चालनमा रहेका छन् । तर, चालक नहुँदा बिरामिले अन्यत्रबाटै व्यबस्था गर्नुपरेको छ ।

कार्यपालिकाले करारमा रहेका कर्मचारीको अवधि नविकरण नगर्ने निर्णय गरेपछि चालक उपलब्ध नभएका हुन् । कार्यपालिकाले चालकहरु, आइटी सेवामा कार्यरत कर्मचारी र सव इन्जीनियरको अवधि नविकरण नगरेको हो ।

साउन १ गतेदेखि पालिकाको एम्बुलेन्सहरु थन्किएर बसेका छन् । पहाडि भुगोल र वर्षा यामको कारण बिरामिहरुले अन्यत्रबाट एम्बुलेन्स माग गर्दा धेरै समय लाग्ने हुन्छ । तर, यस विषयमा पालिकाको नेतृत्व बेखबर जस्तै छ ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत पवन कुमार प्याकुरेलका अनुसार नयाँ कर्मचारीको माग नगर्दासम्म कसरी सञ्चालन गर्ने भन्ने विषयमा कुनै निर्णय नभएको बताउँछन् ।

स्थानीयहरुले बिरामि पर्दा गाउँपालिकामा एम्बुलेन्स मगाएपनि चालक नभएको भनेर टार्ने गरेको बताए ।

833 shares