श्वेत गंगा हाइड्रोपावरको आईपीओ खुल्यो

294 shares

काठमाडौँ । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले साधारण शेयर (आईपीओ) निष्काशन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन पछि सर्वसाधारणका लागि निष्काशन गरेको हो ।

कम्पनीले २३ लाख ८९ हजार ५ सय कित्ता शेयर निष्काशन गरेको हो । जसमध्ये १ लाख १९ हजार ४ सय ७५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकि रहेको २२ लाख ७० हजार २५ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्ममा आवेदन दिन सक्नेछन् । निष्काशन बन्द छिटोमा साउन ८ गते हुनेछ भने ढिलोमा साउन १८ गते हुनेछ ।

294 shares