सीसीटीभी फुटेज रिकभरको लागि प्रहरीको फरेन्सीक ल्याबमा पठाइने

वि.सं.२०७९ साउन ४ बुधवार ०२:३६
546
shares

काठमाडौँ । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले अर्थमन्त्रालयबाट गायव भएको सीसीटीभी फुटेज रिकभरको लागि नेपाल प्रहरीको फरेन्सीक ल्याबमा पठाउने भएको छ । बजेट निर्माणको क्रममा गत जेठ १३ र १४ गतेको फुटेज डिलिट भएको थियो ।
मंगलबार समितिले नेपाल प्रहरीको साइबर ब्यूरोका विज्ञ र इन्जिनियरिङ अध्ययन संस्थानका विज्ञसँगको छलफलपछि रिकभरको लागि प्रहरीकोमा पठाउने भएको हो ।

वि.सं.२०७९ साउन ४ बुधवार ०२:३६
546
shares