उपत्यका बाहिर पनि अनलाइनबाटै मतदाता नामावली दर्ता गर्न मिल्ने

560 shares

काठमाडोँ । काठमाडौँ उपत्यका बाहिर पनि अनलाइनबाटै मतदाता नामावली दर्ता गर्न मिल्ने भएको छ । निर्वाचन आयोगले परिक्षणको लागि अघिल्लो हप्ताबाट उपत्यकामा अनलाइन नामावली दर्ता सुरु गरेको थियो । अब अन्य जिल्लामा पनि उक्त सेवा सुरु भएको हो ।

आयोगले बुधबारदेखि काभ्रेपलान्चोक, चितवन, कास्कि, मोरङ्ग र झापामा सेवा विस्तार गरेको हो । विस्तारै अन्य जिल्लामा पनि सुरु हुने आयोगले जनाएको छ ।

560 shares