बिजयको बलिउड यात्रा सुरु, फाप्ला त ?

259 shares

काठमाडौँ । दक्षीण भारतीय अभिनेता बिजय देबरकोण्डाले बलिउडमा पाइला राखेका छन् । उनले फिल्म लाइगर मार्फत बलिउडमा कदम राखेका हुन् ।

देबरकोण्डा हिन्दि दर्शकका लागि कुनै नयाँ नाम हैन । दक्षीण भारतमा उनका फिल्मले तहल्का नै मच्चाएका छन् । अर्जुन रेड्डी, डिअर कमरेड, गिता गोविन्दम जस्ता सुपरहिट फिल्म मार्फत दर्शकका मन जितेका उनको बलिउड यात्राको लागि दर्शक उत्साहित छन् ।

धर्मा प्रडक्सनका करण जोहरले निर्माण गरेको फिल्मलाई पुरी जगन्नाथले निर्देशन गरेका छन् । फिल्ममा बिजय, माइक टाइसन र अनन्या पाण्डेको मुख्य भुमिका रहेको छ ।

पुर्ण मसाला फिल्मको रुपमा निर्माण गरिएको लाइगर २५ अगष्ट देखि प्रदर्शनमा आउनेछ ।

259 shares