पोखराका मेयरको सम्पत्ति ४३ करोड ६१ लाख, दोलखामा पनि जग्गा

483 shares

काठमाडौँ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनले आफ्नो सम्पत्ति महानगरपालिकाको वेबसाइटमार्फत सार्वजनिक गरेका हुन् ।

उनिसँग ४३ करोड ६१ लाख ४५ हजार ६ सय १६ रुपैँया बराबरको सम्पत्ति रहेको छ । त्यस्तै वित्तीय संस्था र व्यक्तिसँग गरी २ करोड ८५ लाख रुपैँया बराबरको ऋण रहेको छ ।

विभिन्न कम्पनीको शेयरमा २५ करोड ९९ लाख ४५ हजार ६ सय १६ रुपैँया र पोखरामा ३ करोड ५० लाख रुपैँया बराबरको जग्गा रहेको उल्लेख छ । दुई करोड बराबरको ४ वटा गाडी र ३ वटा स्कुटर रहेको छ । त्यस्तै, श्रीमतीको नाममा पोखरामा ९ करोड २५ लाख बराबरको २ वटा घर र काठमाडौँमा १ करोड ८५ लाख बराबरको घर रहेको छ ।

त्यस्तै, ५४ तोला सुन, ३८ तोला चाँदी र ५ तोला हिरा आचार्यसँग रहेको उल्लेख गरीएको छ ।

मेयर आचार्यको दोलखा जिल्लामा जग्गा रहेको उल्लेख गरिएको छ । उनको दोलखाको हेवामा ८७ लाख रुपैँया बराबरको जग्गा रहेको उल्लेख छ ।

483 shares