अमेरिकाका राष्ट्रपति बाइडेन कोरोना संक्रमित
वि.सं.२०७९ साउन ६ शुक्रवार ०८:२०
1.41K
shares

काठमाडौँ । अमेरिकाका राष्ट्रपति जोसेफ बाइडेनलाई कारोना सङ्क्रमण भएको छ। अमेरिकी समाचार संस्था एपीका अनुसार राष्ट्रपतिमा कोभिड–१९ का लक्षण देखिएपछि प्याक्सलोभिड र एन्टिभाइरल औषधि सेवन गर्न थालेका छन्।
आफ्ना अमेरिकी समकक्षीमा कारोना भाइरसको सङ्क्रमण भएको जानकारी पाएपछि चिनियाँ राष्ट्रपति सी चिनफिङले उनलाई सहानुभूतिको सन्देश पठाएका छन्। सन्देशमा सीले बाइडेनप्रति हार्दिक सहानुभूति व्यक्त गर्दै उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
बाइडेनले आफ्नो स्वास्थ्य ठीक रहेको तथा आफूप्रति दर्शाएको चासो र चिन्ताका निम्ति ट्विटरमार्फत धन्यवाद ज्ञापन गरेका छन्।
वि.सं.२०७९ साउन ६ शुक्रवार ०८:२०
1.41K
shares








