चङ्गाचेट २ बन्ने, निर्देशनको जिम्मा दिपेन्द्रलाई

224 shares

काठमाडौँ । नेपाली फिल्म ‘चङ्गाचेट २’ बन्ने भएको छ । निर्मात्री शर्मिला पाण्डेले आज चलचित्र विकास बोर्डमा फिल्मको नाम दर्ता गरेपछि फिल्म बन्ने पक्का भएको ।

फिल्म निर्देशनको जिम्मा दिपेन्द्र के खनालले पाएका छन् । खनाल पछिल्ला समयका सफल निर्देशक हुन् । पाण्डे र खनालले ‘घर’ र ‘चिसो मान्छे’मा सहकार्य गरेका थिए ।

पाण्डेको निर्माणमा रहेको ‘चिसो’ मान्छे भर्खरै रिलिज भएको थियो भने ‘परस्त्री’ रिलिजको क्रममा रहेको छ ।

224 shares