‘पानीफोटो’ले पायो युनिभर्सल सर्टिफिकेट

189 shares

काठमाडौँ । चलचित्र पानीफोटोले सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट पाएको छ । साउन १३ गतेदेखि प्रदर्शनमा आउने फिल्मले युनिभर्सल सर्टिफिकेट पाएको हो ।

खगेन्द्र लामिछानेको लेखन निर्देशन रहेको फिल्ममा छोरो खोज्न हिडेको दम्पतिको कथा देखाइएको छ । कलाकार र लेखकका रुपमा अब्बल ठहरीएका लामिछानेले पहिलो पटक फिल्म निर्देशन गरेका हुन् ।

फिल्ममा मेनुका प्रधान, अनुप मल्ल, खगेन्द्र लामिछाने, मलिका महत, टिकाभक्त जिरेल लगायतका कलाकारको अभिनय रहेको छ ।

189 shares