नाम टुंगो नभएको फिल्ममा बेनिशा मुख्य नायिका

203 shares

काठमाडौँ । दिपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माले निर्माण गर्न लागेको नयाँ चलचित्रमा मुख्य नायिकाको रुपमा बेनिशा हमाल फाइनल भएकी छिन् ।

हेमराज वीसीको निर्देशनमा बन्न लागेको फिल्मको नाम भने अझै टुंगो लागेको छैन । तर, कलाकारको चयन भने धमाधम भइरहेको छ । फिल्ममा अर्की नायिकाको रुपमा मलिना जोशी फाइनल भएकी छिन् ।

साउन ९ गतेबाट छायांकन सुरु हुने फिल्ममा बेनिशा र मलिनाका अलवा दीपकराज गिरी र केदार घिमिरे लगायतका कलाकार रहेका छन् ।

203 shares