मुकुन्दले पुरा गरिदिए नितीको इच्छा

630 shares

काठमाडौँ । निती शाहको इच्छा थियो कलिउडमा अनमोल केसीको साथमा डेब्यु गर्ने । उक्त इच्छा निर्देशक मुकुन्द भट्टले पुरा गरिदिएका छन् ।

भट्टले शाहलाई आफ्नो फिल्म एक्स ९ मा नायिकाको रुपमा अनुबन्धित गरेका छन् । फिल्ममा अनामोल र पुष्प खड्का लगायतका कलाकार पहिले नै फाइनल भइसकेका छन् ।

धेरै पहिलादेखि हल्ला चलिरहेको फिल्म एक्स ९ अहिलेसम्म छायांकनमा भने जान सकेको छैन । जे होस् नितीलाई पहिलो गाँसमै ढुंगा नपरोस् ।

630 shares