‘आँखा’ को छायांकन सकियो

252 shares

काठमाडौँ । नेपाली फिल्म ‘आँखा’को छायांकन सकिएको छ । शुक्रबार फिल्मको इन्ड क्ल्याप गर्दै छायांकन सकिएको हो ।

जौन योन्जनको निर्देशनमा बनेको फिल्मको छायांकन असारमा सुरु भएको थियो । काठमाडौँ भित्रका विभिन्न ठाउँहरुमा खिचिएको फिल्मको छायांकन सकिएको छ ।

लामा सिनेमा ले निर्माण गर्ने फिल्ममा निशा अधिकारी, बुद्धि तामाङ, विजय बराल, आरके मेहता, अस्मिता लामिछाने लगायतका कलाकारको अभिनय रहनेछ ।

252 shares