अनेरास्ववियुको विधान महाधिवेशन असोजमा हुने

343 shares

काठमाडौँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नीति तथा विधान महाधिवेसन असोजमा हुने भएको छ । संगठनको पदाधिकारीको बैठकले आगामी असोज १ देखि ३ गतेसम्म विधान महाधिवेशन गर्ने निर्णय गरेको हो ।

पदाधिकारीको बैठकले साउन महिना भित्र जिल्ला र सो मातहतका कमिटीको अधिवेशन र पुनर्गठन गर्ने निर्णय गरेको छ । साथै, भदौ १५ भित्र प्रदेशस्तरिय प्रशिक्षण कार्यक्रम लगायत गर्ने निर्णय गरेको छ ।

343 shares