नेपालमा सुटीङ भएको साउथ इन्डियन फिल्म, युट्युवमा हेर्नुहोस्

287 shares

काठमाडौँ । नेपाल प्राकृतिक सुन्दरताले भरिपुर्ण देश हो, यसको बारेमा सम्पुर्ण विश्व नै जानकार छ । यहि सुन्दरतालाई क्यामेरामा कैद गर्न विश्वभरका फिल्ममेकरहरु नेपाल आउने गर्दछन् ।

हिमालयको काखमा बसेको नेपालको प्राकृतिक दृश्यले नलोभ्याउने को नै होला र ? पछिल्लो समय बिदेसी फिल्महरु खिच्ने थलोको रुपमा नेपाल रोजाइमा पर्ने गरेको देखिन्छ ।

दक्षीण भारतीय फिल्महरुले विश्व बजारमानै तहल्का मच्चाइरहेको छन् । कोरोनाकाल पछिको समयमा बलिउडको ब्यापार फितलो भइरहेको बेला दक्षीण भारतीय फिल्महरुले करोडौँ रुपैँया कमाई गरिरहेका छ ।

यस्तैमा नेपालमा छायांकन भएको साउथ इन्डियन फिल्म यह है जीन्दगिको बारेमा कुरा गरौँ । फिल्मलाई नाग अश्विनले निर्देशन गरेका छन् ।

फिल्ममा दुई साथिको कथा देखाइएको छ । दुवैको जीवन जिउने तरिका फरक हुन्छ । भविष्यलाई सोचेर हरसमय आफ्नो काममा तल्लीन युवाको भुमिकामा (सुबु) न्याचुरल स्टार नानी रहेका छन् । त्यस्तै, वर्तमानलाई खुसिका साथ जिउनुपर्छ भन्ने विजय देवरकोण्डा रहेका छन् ।

अचानक विजयको दुर्घटना भएपछि नानिले विजयको इच्छा पुरा गर्न के के गर्छन र उनका के के वदलाव आउँछ यसैको वरिपरि कथा घुमेको छ । सोही क्रममा सुबु र आनन्दि नेपाल आउँछन् । त्यसपछि नेपालमा खिचिएका दृश्यहरुले आखा झिमिक्क पनि गर्न दिदैनन् ।

जीवन जिउनुसँग प्रकृतिको साथ कस्तो हुन्छ, अलग्गै दुनिँयामा फिल्मले लैजान्छ ।

हेर्नुहोस् फिल्म

https://youtu.be/mFtH17eFmJQ

287 shares