अजय र सुरिया बने बेष्ट एक्टर

308 shares

काठमाडौँ । बलिउड अभिनेता अजय देवगन र दक्षीण भारतीय अभिनेता सुरियाले बेष्ट एक्टरको अवार्ड पाएका छन् । अजयले फिल्म तान्हाजीका लागि र सुरियाले सुराराई पोत्रुका लागि बेष्ट एक्टरको अवार्ड पाएका हुन् ।

२०२० का लागि अजय र सुरिया बेष्ट एक्टर बनेका हुन् । दुवैको फिल्मले बक्स अफिसमा धमाल मच्चाएका थिए भने दर्शकको मन पनि उत्तिकै जितेका थिए ।

अजयको यो तेस्रो नेशनल अवार्ड हो । यसअघि उनले १९९८ मा फिल्म जख्मका लागि र २००२ मा द लिजेन्ड अफ भगत सिंहका लागि अवार्ड जितेका थिए ।

308 shares