मल्टी स्टारर फिल्म ‘राधा’को ट्रेलर सार्वजनिक (ट्रेलरसहित)

406 shares

काठमाडौँ । नेपाली चलचित्र राधाको ट्रेलर सार्वजनिक भएको छ । फिल्मको निर्माण टिमले आइतबार ट्रेलर सार्वजनिक गरेको हो ।

श्रीमान् बाहिर हुँदाको सामाजिक पिडालाई ट्रेलरमा देखाइएको छ । फिल्मको मुख्य भुमिकामा सृष्टि श्रेष्ठ रहेकी छिन् ।

फिल्मलाई सुवर्ण थापाले लेखन निर्देशन गरेका छन् । फिल्ममा सृष्टिका अलवा खगेन्द्र लामिछाने, सौगात मल्ल, दयाहाङ राई लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

फिल्म भाद्र १० गतेदेखि प्रदर्शनमा आउनेछ ।

406 shares