राप्ती हाइड्रोको आईपीओ बाँडफाँड

266 shares

काठमाडौँ । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको आईपीओ बाँडफाँड भएको छ । कम्पनीको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले आज आईपीओ बाँडफाँड गरेको हो ।

कम्पनीले २३ लाख ६६ हजार २ सय ४० कित्ता शेयर निष्काशन गरेको थियो । सो मध्ये कर्मचारीको लागि ७० हजार ९ सय ८८ कित्ता र सामूहिक लगानी कोषका लाग् ि१ लाख १८ हजार ३ सय १२ कित्ता छुट्याइएको थियो । बाँकि रहेको २१ लाख ७६ हजार ९ सय ४० कित्तामा सर्वसाधारणले आवेदन दिएका थिए ।

कम्पनीको आईपीओमा १४ लाख ९० हजार २ सय ९८ जनाले आवेदन दिएका थिए । आवेदन दिएका मध्ये २ लाख १७ हजार ६ सय ९४ जनाले १० कित्ताका दरले शेयर पाएका छन् । बाँकि रहेका १२ लाख ७२ हजार ६ सय ४ जनाको हात खालि भएको छ ।

266 shares