लगातार पाँच वर्ष सबैभन्दा धेरै कर तिर्ने कलाकार बने अक्षय कुमार

301 shares

काठमाडौँ । बलिउड अभिनेता अक्षय कुमार वर्षमा ३–४ वटा फिल्म गर्छन् । उनका फिल्मले बक्स अफिसमा पनि राम्रै कमाई गर्छन् । सोही कारण उनि सबैभन्दा धेरै कर बुझाउने भारतीय कलाकार बनेका छन् ।

अक्षय लगातार पाँच वर्ष सबैभन्दा धेरै कर बुझाउने भारतीय कलाकार बनेका छन् । उनलाई आयकर विभागले सम्मान पत्र समेत प्रदान गरेको छ ।

अक्षयले यो वर्ष २९.५ करोड कर बुझाएका छन् ।

301 shares