छक्का पञ्जा ४ को छायांकन सुरु, हेमराज विसी कमाण्डर

196 shares

काठमाडौँ । छक्का पञ्जा सिरिजको चौथो फिल्म छक्का पञ्जा ४ को छायांकन सुरु भएको छ । सोमबार सूर्यविनायक मन्दिरमा शुभमुर्हूत गर्दै फिल्मको छायांकन सुरु भएको हो ।

धेरै पहिले कलाकार छनौट भएपनि फिल्मको नाम जुर्न सकेको थिएन । निर्माण टिमले श्री माग्ने राजा नाम राखेर फिल्म बनाउने चर्चा भएपनि नयाँ नाममा रिक्स मोल्न टिमले चाहेन । त्यसैले, छक्का पञ्जा ब्राण्डलाई नै निरन्तरता दिएको छ ।

दीपकराज गिरी र दीपाश्री निरौलाको समुहले निर्माण गरिरहेको छक्का पञ्जा सिरिज नेपाली फिल्म क्षेत्रको सफल सिरिज हो । फिल्मको निर्देशनको कमाण्ड हेमराज विसीले सम्हालेका छन् ।

केदार घिमिरे माग्ने बुढा र निर्मल शर्माको लगानी रहने फिल्म आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण गर्न लागिएको छ । फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमाल, निर्मल शर्मा, नीर शाह, मलिना जोशी लगायतका कलाकारको मुख्य भुमिका रहनेछ

196 shares