नियन्त्रणमा आयो कालिज फर्ममा पसेको चितुवा

203 shares

दोलखा । भीमेश्वर नगरपालिका ७ मा रहेको कालिज फर्ममा शनिवार पसेको चितुवा नियन्त्रणमा आएको छ । सोमबार चितुवालाई लठ्याएर नियन्त्रणमा ल्याइएको हो ।

दुधपोखरी वाइल्ड लाइफ एग्रोमा पसेर चितुवाले ५ सय भन्दा धेरै कालिज मारेको थियो । स्थानीयहरुले ढुंगा हान्दा घाइते भएको चितुवालाई नियन्त्रणमा लिइएको छ । घाइते चितुवालई उपचार पछि जंगलमा लगेर छाडिने डिभिजन वन कार्यालयले जनाएको छ ।

203 shares