मन्दाकिनी हाइड्रोको आईपीओ खुल्यो, एक लाख कित्तासम्म भर्न पाइने

245 shares

काठमाडौँ । मन्दाकिनी हाइड्रोपावर लिमिटेडको आईपीओ खुलेको छ । कम्पनीले ११ लाख ७६ हजार ७३ कित्ता शेयर निष्काशन गरेको हो ।

निष्काशित शेयरमध्ये २३ हजार ५ सय २१ कित्ता कर्मचारीको लागि र ५८ हजार ८ सय ३ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याईएको छ । बाँकि रहेको १० लाख ९३ हजार ७ सय ४८ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओ निष्काशन बन्द छिटोमा साउन १२ गते र ढिलोमा साउन २३ गतेसम्ममा हुनेछ । लगानीकर्ताले प्रतिकित्ता १ सय रुपैँयाका दरले न्युनताम १० देखि अधिकतम एक लाख कित्तासम्ममा आवेदन दिन सक्नेछन् ।

245 shares