नेप्सेमा छायो हरियालि, फाइनान्स समुहका लगानीकर्ताले कमाए

224 shares

काठमाडौँ । साताको दोश्रो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा उछाल आएको छ । आज नेप्से ५४.४५ अंकले बढेर २१३२.९६ विन्दुमा पुगेको हो ।

४ अर्ब १० करोड रुपैँया बराबरको कारोबार भएको बजारमा नेप्से सहित, फ्लट, सेन्सेटिभ, सेन्सेटिभ फ्लट सुचक सकरात्मक रहे । त्यस्तै, सबै उपसुचकहरु बढेका छन् । बजार बढ्दा कारोबार रकममा पनि प्रगति भएको छ ।

फाइनान्स समुह ७.८ प्रतिशतले बढेको छ भने विकास बैंक ५.८४ र हाइड्रो उपसमुह ४.५ प्रतिशतले बढेको छ ।

पुँजीबजारमा १३ कम्पनीको शेयरमा सकरात्मक सर्किट लागेको छ । नारायणी डेभलपमेन्ट बैंक, मल्टी प्रपोज फाइनान्स, सुर्योदय वमी लघुवित्त लगायतका १३ कम्पनीको शेयरमा सर्किट लागेको हो ।

224 shares