अपर तामाकोशी हाइड्रोपावरले बोलायो साधारणसभा

371 shares

काठमाडौँ । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले चौधौँ वार्षिक साधारण सभा डाकेको छ । कम्पनीले भाद्र ३ गते शुक्रबारका दिन साधारणसभा डाकेको छ ।

कम्पनीले साधारणसभामा पुँजी वृद्धिका लागि प्रस्ताव लाने निर्णय सञ्चालक समितिको बैठकबाट गरिसकेको छ । कम्पनीले शत प्रतिशत १ बराबर १ को अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय गरेको छ । उक्त निर्णय साधारणसभाबाट पारित भएक हकप्रद शेयर निष्काशन हुनेछ ।

371 shares