नेपालमा खिचिएको उचाई कात्तिकमा रिलिज हुने

350 shares

काठमाडौँ । नेपालमा छायांकन भएको फिल्म उचाईको प्रदर्शन मिति तोकिएको छ । फिल्मको निर्माण टिमले कात्तिक २५ लाई प्रदर्शन मिति तोकेको हो ।

सुरज वर्जात्यकको निर्देशन रहेको फिल्मको नेपालमा तीन साता सुटिङ भएको थियो । फिल्मले नेपाली पर्यटन क्षेत्रलाई सघाउ पुर्याउने विश्वास गरिएको छ । साथै, नेपालमा राम्रो कमाई गर्न आँकलन पनि रहेको छ ।

फिल्ममा अमिताभ बच्चन, अनुपम खेर, वोमन इरानी, परिणिती चोपडा लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

350 shares