अर्का कृष्णलाई बलात्कारी भनेपछि रोशनी शाही पक्राउ

210 shares

काठमाडौँ । कृष्ण गिरी (सिद्धबाबा) को महायज्ञ कार्यक्रममा पुगेर नाराबाजी गरेपछि रोशनी शाही पक्राउ परेकी छिन् । पशुपतिमा चलिरहेको महायज्ञमा पुगेर नारबाजी गरेपछि शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।

रोशनीले महायज्ञ चलिरहेकै बेला बलात्कारी भनेर नाराबाजी गरेकि थिइन् । पुर्व सभामुख कृष्णबहादुर महारालाई बलात्कारको आरोप लगाएर चर्चामा आएकी थिइन् रोशनी । अदालतले महारालाई क्लिन चिट दिइसकेको छ ।

सिद्धबाबा विरुद्ध अनुयायीलाई बलात्कार गरेको मुद्दा सुनसरी जिल्ला अदालतमा विचाराधिन छ ।

210 shares