यौन दुर्व्यवहारको आरोप लागेका केसी चलचित्र विकास बोर्डको अध्यक्ष

154 shares

काठमाडौँ । चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले केसीलाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।

विभिन्न किसिमको काण्डै काण्डले चर्चामा रहिरहने कलाकार हुन् केसी । पछिल्लो समय नायिका साम्राज्ञि राज्यलक्ष्मि शाहलाई यौन दुर्व्यवहार गरेको आरोप उनिमाथि लागेको थियो ।

गत बैशाखमा नेपाली काँग्रेस प्रवेश गरेर चर्चामा आएका केसी बोर्ड अध्यक्षको कमाण्डमा पुगेका हुन् । कलाकार जीवन सफल रहेको केसीको बोर्ड अध्यक्षको कार्यकाल कस्तो रहला हेर्न बाँकि नै छ ।

154 shares