एसईईमा ननग्रेडको व्यवस्था हट्यो

315 shares

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले ३५ प्रतिशतभन्दा कम अंक ल्याउनेलाई (ननग्रेड) गर्ने व्यवस्था हटाएको छ । बोर्डको मंगलबार बसेको बैठकले उक्त व्यवस्था हटाएको हो ।

कोभिडको समयमा कोर्स पुरा नभएको कारण यस्तो व्यवस्था हटाइएको हो । शिक्षा मन्त्रालयले ९० र सोभन्दा माथि ल्याउनेलाई सर्वोत्तम (एप्लस), ८० र सोभन्दा माथि ९० भन्दा कम ल्याउनेलाई अत्युत्तम (ए), ७० र सोभन्दा माथि ८० भन्दा कम ल्याउनेलाई उत्कृष्ट (बीप्लस), ६० र सोभन्दा माथि ७० भन्दा कम ल्याउनेलाई उत्तम (बी), ५० र सोभन्दा माथि ६० भन्दा कम ल्याउनेलाई सन्तोषजनक (सीप्लस), ४० र सोभन्दा माथि ५० भन्दा कम ल्याउनेलाई (सी), ३५ र सोभन्दा माथि ४० भन्दा कम ल्याउनेलाई आधारभूत (डी) र ३५ भन्दा कम ल्याउनेलाई अवर्गीकृत (एनजी) ग्रेड निर्धारण गर्ने व्यवस्था गरिएको थियो ।

अब ई पनि ग्रेड निर्धारण गरिनेछ । साथै, ९० देखि १०० ल्याउनेलाई एप्लस, ८० देखि ९० भन्दा कम ल्याउनेलाई ए, ७० देखि ८० भन्दा कम ल्याउनेलाई बीप्लस, ६० देखि ७० भन्दा कम ल्याउनेलाई बी, ५० देखि ६० भन्दा कम ल्याउनेलाई सीप्लस, ४० देखि ५० भन्दा कम ल्याउनेलाई सी, ३० देखि ४० भन्दा कम ल्याउनेलाई डीप्लस, २० देखि ३० भन्दा कम ल्याउनेलाई डी र २० भन्दा कम ल्याउनेलाई ई ग्रेडमा मूल्याङ्कन गर्ने गरिन्थ्यो ।

यो वर्षको एसईईको नतिजा यहि पद्धतिअनुसार गरिनेछ । सैद्धान्तिकमा न्यूनतम ३५ प्रतिशत र प्रयोगात्मकमा न्यूनतम ४० प्रतिशत ल्याउनुपर्ने पद्धति पनि रहने छैन ।

315 shares