साउन १६ गतेदेखि सबै तेलुगु फिल्मको निर्माण रोकिने

371 shares

काठमाडौँ । साउन १३ गतेदेखि सबै तेलुगु फिल्मको छायांकन रोकिने भएको छ । फिल्मका निर्मार्ताहरुको संघले विज्ञप्ती जारी गर्दै निर्माण रोक्ने भएका हुन् ।

पछिल्लो समय फिल्म निर्माणको खर्च र कर बढेकाले फिल्म बनाउन नसकिने निर्माताहरुले जनाएका छन् । निर्माताहरुले गम्भिर भएर फिल्म क्षेत्रलाई कसरी बलियो बनाउने र त्यसको सुनिश्चितता भएपछि मात्र छायांकन सुरु हुने जनाएका छन् ।

पछिल्लो समय बलिउड फिल्महरुले खासै कमाउन नसके पनि आरआरआर, पुष्पा, केजिएफ च्याप्टर २ ले विभिन्न रेकर्ड तोड्दै कमाई गरेका थिए ।

371 shares