पशुपति चौलागाँई स्मृति अस्पतालमा पुनः शल्यक्रिया सेवा सुरु

406 shares

दोलखा । लगभग बन्द हुने अवस्थामा पुगेको पशुपति चौलागाँई स्मृति प्रादेशिक अस्पतालले राहत पाएको छ । बागमती प्रदेश सरकारले करारमा रहेका कर्मचारीको म्याद नविकरण गरेपछि सेवा सुरु भएको हो ।

५० वेड क्षमता भएको अस्पतालमा साउन १ गतेदेखि शल्यक्रिया लगायतका विशेषज्ञ सेवा बन्द भएको थियो । निशुल्क सेवा दिइरहेको अस्पताल चरम आर्थीक संकटबाट गुज्रीरहेको थियो ।

अस्पताललाई एउटा संस्थाको सहयोगमा एमजीडिपी डक्टर उपलब्ध भएपछि फेरी शल्यक्रिया सेवा सुरु भएको हो ।

406 shares