हप्तादिनमा कति कमायो शमसेराले ?

406 shares

काठमाडौँ । बलिउड फिल्म शमसेराले अपेक्षा अनुरुपको व्यापार गर्न सकेन । कोरोना महामारीपछि थिलथिलो भएको बलिउडलाई रणविर कपुर अभिनित शमसेराले राहत दिनसक्ने अनुमान गरिएको थियो । तर, फिल्मले बक्सअफिसमा कमाल गर्न सकेन ।

करण मल्होत्रा निर्देशित फिल्मले पहिलो दिन १०.२५ करोडको ओपनिङ गरेको थियो । फिल्मले शनिबार १०.५० करोड, आइतबार ११ करोड, सोमबार २.९० करोड, मंगलबार २.४० करोड, बुधबार १.९० करोड र विहिबार १.५० करोड कमाई गरेको छ । फिल्मले अहिलेसम्म ४०.४५ करोडको व्यापार गरेको हो ।

पछिल्लो समय फ्लप फिल्महरु दिइरहेको बलिउडले अर्को फिल्म शमसेरा पनि थपिदिएको छ । फिल्ममा रणविर, सञ्जय दत्त, वाणि कपुर लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

406 shares