सयपत्री हाइड्रोको आईपीओमा पहिलो दिनमै ५ गुणा बढी आवेदन

756 shares

काठमाडौँ । सर्वसाधारणका लागि निष्काशन भएको सयपत्री हाइड्रोपावर लिमिटेडको आईपीओमा पहिलो दिनमै ५ गुणा बढीको आवेदन परेको छ । साउन १३ देखि निष्काशन भएको हाइड्रोको आईपीओमा मागभन्दा धेरै आवेदन परेको हो ।

कम्पनीले ७ लाख २१ हजार ६० कित्ता शेयर निष्काशन गरेको थियो । जसमा कर्मचारीको लागि १४ हजार ४ सय २१ कित्ता र सामुहिक लगानी कोषका लागि ३६ हजार ५३ कित्ता शेयर छुट्याइएको छ । बाँकी रहेको ६ लाख ७० हजार ५ सय ८६ कित्तामा सर्वसाधारणले आवेदन दिएका थिए ।

कम्पनीको आईपीओमा न्युनतम १० र अधिकतम ३० हजार कित्तासम्ममा आवेदन दिन सकिन्छ । लगानीकर्ताले १७ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ ।

756 shares