अर्थ मन्त्रालय फर्कदैँ जनार्दन, आजै सपथग्रहण

329 shares

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा फेरी अर्थ मन्त्रालय फर्कने भएका छन् । शर्मा आजै अर्थमन्त्रीको रुपमा मन्त्रालय फर्कने भएका हुन् ।

आर्थीक वर्ष २०७९ ८० को बजेट निर्माणमा अनाधिकृत व्यक्तिको संलग्नता रहेको भन्दै हल्ला चलेपछि उनले असार २२ गते राजिनामा दिएका थिए । उनिमाथि संसदिय छानविन समिति समेत बनेको थियो । समितिले उनलाई क्लिन चिट दिइसकेको छ ।

छानविन समितबाट क्लिन चिट पाएका शर्मालाई फेरी अर्थमन्त्री बनाउने माओवादीको तयारी रहेको छ । अध्यक्ष प्रचण्डले आजै शर्माको नाम प्रधानमन्त्रीलाई बुझाउने जनाइएको छ ।

प्रधानमन्त्रीले शर्माको नाम राष्ट्रपतिकहाँ पुर्याएपछि आजै उनको सपथ ग्रहण हुने जनाइएको छ ।

329 shares