हिमाल दोलखा हाइड्रोलाई नेप्सेले सोध्यो स्पष्टिकरण, शेयर कारोबार रोक्का

700 shares

काठमाडौँ । हिमाल दोलखा हाइड्रोपावर कम्पनीलाई नेप्सेले स्पष्टिकरण सोधेको छ । कम्पनीले बुक क्लोजको मिति भन्दा ७ दिन अगावै सुचना नदिएको कारण स्पष्टिकरण सोधेको हो ।

शुक्रबार बजार चलिरहेकै बेला कम्पनीले बोर्डको बैठक बसेर हकप्रद निष्काशन र साधारण सभा सम्बन्धी निर्णय गरेको थियो । उक्त निर्णयको सुचना १४ गतेमात्रै कम्पनीले दिएको नेप्सेले जनाएको छ ।

बुकक्लोजको मितिभन्दा ७ दिन अगाडि नै सुचना दिनुपर्ने प्रावधान रहेकोमा कम्पनीले नियम पालना नगरेको हो । कम्पनीले साउन १९ गते बुक क्लोजको मिति तोकेको छ ।

नेप्सेले कम्पनीको आइतबार दोस्रो बजारमा शेयर कारोबार रोकेको छ ।

700 shares