काण्डै काण्डमा मुछिएका शर्मा फर्किए अर्थ मन्त्रालय

वि.सं.२०७९ साउन १५ आइतवार १०:४६
777
shares

काठमाडौँ । माओवादी केन्द्रका नेता जनार्दन शर्मा पुन: अर्थमन्त्री बनेका छन् । आइतबार राष्ट्रपतिले शर्मालाई अर्थमन्त्री नियुक्त गरेकी छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा शर्मा अर्थमन्त्री बनेका हुन् । देउवाले सम्हाल्दै आएको अर्थ मन्त्रालयमा शर्मा फर्किएका हुन् ।
आर्थिक वर्ष २०७९–८० को बजेट निर्माणको क्रममा अनाधिकृत व्यक्तिलाई संलग्न गराएको आरोपमा शर्माले राजिनामा दिनु परेको थियो । घटनाको छानविन गर्न बनेको संसदिय समितिले क्लिन चिट दिएसँग शर्मालाई मन्त्रालय छिर्ने बाटो खुलेको हो ।

वि.सं.२०७९ साउन १५ आइतवार १०:४६
777
shares