अष्ट्रेलियामा ‘बद्री बहादुर’को प्रिमियर

301 shares

काठमाडौँ । नेपाली चलचित्र ‘बद्री बहादुर’को अष्ट्रलियामा प्रिमियर शो गरीएको छ । चलचित्रको जुलाई ३० मा सिड्नीमा प्रिमियर गरिएको हो ।

शोभित बस्नेतको निर्देशनमा तयार भएको चलचित्र पहिलो पटक सिड्नीमा देखाइएको हो । मेगा इभेन्टले प्रिमियरको व्यबस्था गरेको फिल्मलाई अझै ३ शहरमा प्रदर्शन गरिने निर्माण टिमले जनाएको छ ।

चलचित्रमा जयकिशन बस्नेत, छुल्ठिम गुरुङ, धिरेन शाक्य लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

301 shares