‘सनम तेरी कसम’को हिरो नेपालमा, फिल्म युट्युव ट्रेण्डिङमा

329 shares

काठमाडौँ । बलिउड कलाकार हर्षवर्धन राणे नेपाल आएका छन् । केहि दिन अगाडि राणे नेपाल आएको उनको इन्स्टाग्राम एकाउण्टको पाष्टहरुबाट थाहा पाउन सकिन्छ ।

काठमाडौँ बस्दाको क्षणहरुलाई उनले सोसल मिडियामा शेयर गरेका छन् । बलिउड फिल्म ‘सनम तेरी कसम’बाट उनले डेब्यु गरेका थिए ।

संयोग मान्नु पर्छ उनको फिल्म यतिबेला युट्युवको ट्रेण्डिङमा रहेको छ । केहिसमय १ नम्बरमा रहेको फिल्म ‘चार्लि’ रिलिज भएसँगै २ नम्बरम झरेको छ ।

329 shares