गाउँपालिका अध्यक्षले श्रीमतीलाई नियुक्त गरे भान्से, कार्यालय सहायक सरहको सुविधा

238 shares

काठमाडौँ । अछामको रामारोशन गाउँपालिकाका अध्यक्ष मानबहादुर साउँदले श्रीमती जयसरा साउँदलाई भान्से नियुक्त गरेका छन् । साउँदलाई ६ महिनाको लागि करारमा नियुक्त गरीएको हो ।

जेठ १५ गतेदेखि लागु हुने गरि गरिएको नियुक्तिमा साउँदले मासिक २१ हजार ३ सय पारिश्रमिक, वार्षिक १० हजार पोसाक भत्ता र चार्ड पर्वमा वर्षमा एक पटक एक महिनाको पारिश्रमिक प्राप्त गर्नेछिन् ।

238 shares