हिमाल दोलखा हाइड्रोको कारोबार फुकुवा, शेयर मुल्यमा सर्किट

308 shares

काठमाडौँ । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर कारोबार फुकुवा भएको छ । नेप्सेले साउन १७ गतेदेखि दोश्रो बजारमा कारोबार हुनेगरी कम्पनीको शेयर फुकुवा गरेको हो ।

कम्पनीले बजार चलिरहेको बेला बोर्डको बैठक बसी बुक क्लोज मिति तोकेको र नियम अनुसार ७ दिन अगावै जानकारी गराउनु पर्नेमा नगरेको भन्दै नेप्सेले स्पष्टिकरण सोधि कारोबार रोक्का गरेको थियो । अब यस्तो कार्य नगर्न चेतावनी दिँदै नेप्सेले बुक क्लोजको लागि नयाँ मिति तोक्न सुचना दिएको छ ।

फुकुवा भएसँगै कारोबारमा आएको कम्पनीको शेयर मुल्यमा सकरात्मक सर्किट लागेको छ । कम्पनीको शेयर अन्तिम कारोबार २५४.९० रुपैँयामा भएको थियो ।

308 shares