हिमाल दोलखा लगायतका कम्पनीमा सर्किट लाग्दा सामान्य अंकले घट्यो नेप्से

वि.सं.२०७९ साउन १७ मंगलवार ०९:३६
749
shares

काठमाडौँ । साताको तेश्रो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले घटेको छ । आज नेप्से २.८१ अंकले घटेर २१९३.४३ विन्दुमा पुगेको हो ।
३ अर्ब २९ करोड रुपैँया बराबरको कारोबार भएको पूजीँबजारमा नेप्से र फ्लट सुचक घटेका छन् भने सेन्सेटिभ र सेन्सेटिभ फ्लट सुचक बढेका छन् । ८२ कम्पनीका लगानीकर्ताले कमाउँदा ९२ कम्पनीका लगानीकर्ताले गुमाएका छन् । ६ कम्पनीको शेयर मुल्य स्थिर रहेको छ । साथै ७ ओटा उपसूचकहरु घटेका छन् ।
बजार घट्दा तीन कम्पनीको शेयर मुल्यमा भने सर्किट लागेको छ । आजै कारोबार फुकुवा भएको हिमाल दोलखा हाइड्रो, विन्दवासीनी हाइड्रो र साम्लीङ पावरको शेयर मुल्यमा सर्किट लागेको हो ।

वि.सं.२०७९ साउन १७ मंगलवार ०९:३६
749
shares