अभियान लघुवित्तको आईपीओ निष्काशन, कति भर्ने ?

385 shares

काठमाडौँ । अभियान लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि आईपीओ निष्काशन गरेको छ । कम्पनीले ९ लाख ७५ हजार कित्ता आईपीओ निष्काशन गरेको हो ।

निष्काशित शेयरमध्ये कर्मचारीको लागि १२ हजार ५ सय कित्ता र सामूहिक लगानी कोषका लागि ४८ हजार ७ सय ५० कित्ता छुट्याइएको छ । बाँकि रहेको ९ लाख १३ हजार ७ सय ५० कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले आईपीओमा न्युनतम १० कित्तादेखि अधिकतम ३ हजार कित्तासम्ममा आवेदन दिन सक्नेछन् । निष्काशन बन्द छिटोमा साउन २२ गते र ढिलोमा भदौ १ गते हुनेछ ।

385 shares