शिक्षकको महत्वबारे कविता लेख्नेलाई ‘प्रकाश’को टिमले १ लाख दिने

665 shares

काठमाडौँ । चलचित्र प्रकाशको टिमले शिक्षकको महत्व र विशेषताबारे कविता प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगितामा १२ वर्ष पुरा भएका तर १८ वर्ष ननाघेका विद्यार्थीहरुले सहभागिता जनाउन पाउनेछन् ।

फिल्मको निर्माण टिमले विजेतालाई १ लाख रुपैँया पुरस्कार दिने जनाएको छ । द्वितिय हुनेले ५० हजार पाउनेछन् । श्रावण २० गतेबाट सूरु हुने प्रतियोगितामा नेपाली र अंग्रेजी दुबै भाषामा कविता लेख्न पाइनेछ ।

दिनेश राउतको निर्देशनमा बनेको फिल्ममा प्रदिप खड्का, दिया मास्के, रेनु योगी लगायतका कलाकारको अभिनय रहेको छ । फिल्म भाद्र १० गतेदेखि प्रदर्शनमा आउनेछ ।

665 shares