सर्वाधिक महँगो रकममा किनियो आमिरको लाल सिंह चड्डा

322 shares

काठमाडौँ । बलिउड अभिनेता आमिर खानको नयाँ फिल्म अहिलेसम्मकै सर्वाधिक महँगो रकममा नेपाल प्रदर्शनको लागि खरिद भएको छ । लाल सिंह चड्डालाई ब्यांकटेस इन्टरटेनमेन्टले दुई करोड रुपैँयामा किनेको हो ।

यस अगाडि वितरकले केजीएफ च्याप्टर २ लाई १ करोड ७० लाखमा किनेका थिए । अद्वेत चन्दनले निर्देशन गरेको फिल्म हलिउड फिल्म फरेस्ट गम्पको रिमेक हो ।

फिल्ममा आमिरसँगै करीना कपुर, नागा चैतन्य लगायतका कलाकारको अभिनय रहेको छ । फिल्म अगष्ट ११ देखि प्रदर्शनमा आउदैछ ।

322 shares