आज पनि घट्यो नेप्से

210 shares

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) बुधबार पनि घटेको छ । नेप्से ६.७२ अंकले घटेर २१८६.७६ विन्दुमा पुगेको हो ।

४ अर्ब २ करोड रुपैँया बराबरको कारोबार भएको पूँजीबजारमा सबै सूचकहरु घटेका छन् । साथै ट्रेडिङ, हाइड्रोपावर, माइक्रोफाइनान्स, म्युचुअल फण्ड बाहेकका उपसमुहहरु पनि घटेका छन् ।

बजारमा ९६ कम्पनीका लगानीकर्ताले राहत पाए भने ७७ कम्पनीका लगानीकर्ताले गुमाए । नेप्से घट्दा पनि साम्लिङ पावर र वलेफि हाइड्रो शेयर मुल्यमा सकरात्मक सर्किट लागेको छ ।

210 shares