तामाकोसी नदीको सतह बढेपछि उच्च सतर्कता अपनाउन स्थानीयलाई आग्रह

294 shares

दोलखा । तामाकोसी नदीको सतह बढेपछि जल तथा मौसम विज्ञान बिभागले उच्च सर्तकता अपनाउन आग्रह गरेको छ । नदीको सतह अचानक बढेपछि बिभागले आज बिहान सुचना जारी गदै नदी आसपासका स्थानीयहरुलाई सतर्क रहन आग्रह गरेको हो ।

नदीको सतह सतर्कता तहमा पुगेको कारण पानीको बहाव बढ्दा सुनकोशी दोभानसम्म जोखिम हुने विभागले जनाएको छ । माथिल्लो क्षेत्रमा निरन्तर वर्षा भइरहेकोले विहान १० बजेसम्म सतर्क रहन विभागको आग्रह छ ।

294 shares