गुरुङ विद्यार्थीको राष्ट्रिय सम्मेलन भदौमा

238 shares

काठमाडौँ । नेपाल तमू –गुरुङ) विद्यार्थीको ११ औँ राष्ट्रिय सम्मेलन भदौमा हुने भएको छ । सम्मेलन भदौ २४ र २५ गते काठमाडौँमा हुने भएको हो ।

संगठनले राष्ट्रिय सम्मेलनको नारा “मातृभाषामा शिक्षाको सुनिश्चितता हाम्रो अभियान , उत्पादन र रोजगार लक्षित शिक्षा नीतिको पक्षमा ११औ राष्ट्रिय महाधिवेशन ” राखेको छ । ।

महाधिवेशनमा देशभरबाट पाँच सय जना विद्यार्थी प्रतिनिध, पर्यवेक्षक सहभागि हुने आयोजकले जनाएको छ ।

238 shares