राताम्मै भयो नेप्से

238 shares

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) तीन दिनदेखि ओरालो लागेको छ । हिजो र अस्ति सामान्य अंकले घटेको नेप्सेले आज पनि निरन्तरता पाएको छ । बिहीबार नेप्से ३८.६१ अंकले घटेर २१४८.१६ विन्दुमा पुगेको हो ।

३ अर्ब ७६ करोड रुपैँया बराबरको कारोबार भएको बजारमा १९ कम्पनीका लगानीकर्ताले थोरै राहत पाएका छन् । आज नेप्सेसहित सबै सूचक र उपसूचकहरु घटेका छन् । सबैभन्दा धेरै ट्रेडिङ समुहका लगानीकर्ताले गुमाएका छन् ।

नेप्से ओरालो लाग्दा बलेफी हाइड्रोको शेयर मुल्यमा सकरात्मक सर्किट लागेको छ ।

238 shares