२०३० को विश्वकप गर्न चार ल्याटिन अमेरिकी देशको प्रस्ताव

वि.सं.२०७९ साउन १९ बिहीवार १४:०४
651
shares

काठमाडौँ । सन् २०३० को फिफा विश्वकपको आयोजना गर्नका लागि लयटि अमेरिकी देशले संयुक्त प्रस्ताव गरेका छन् । अर्जेन्टिना, उरुग्वे, पाराग्वे र चिलीले संयुक्त प्रस्ताव गरेका हुन् ।
विश्वकप सुरु भएको २०३० मा सय वर्ष पुग्दैछ । उरुग्वे बाट पहिलो संस्करण सुरु भएको थियो । उक्त खेलमा अर्जेन्टिनालाई हराउँदै उरुग्वेले उपाधि जितेको थियो ।
यसअगाडि चिलीले सन् १९६२ र अर्जेन्टिनाले १९७८ मा विश्वकप आयोजना गरिसकेका छन् । पाराग्वेले अहिलेसम्म विश्वकपको आयोजना गर्न पाएको छैन । साथै, सोही विश्वकप आयोजना गर्नका लागि युरोपेलि देश स्पेन र पोर्चुगलले पनि प्रस्ताव गरेका छन् ।
२०२२ को विश्वकप यहि नोभेम्बर र डिसेम्बर महिनामा कतारमा आयोजना हुँदैछ ।

वि.सं.२०७९ साउन १९ बिहीवार १४:०४
651
shares